चोलेन्द्रको नजरबन्दबारे ओलीको टिप्पणीः गठबन्धनको गुण्डाराज

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ७ : ००


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा अ‍ोलीले निलम्बित प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग प्रस्ताव असफल भएको टिप्पणी गरेका छन्।

जबरालाई सरकारले घरभित्रै नजरबन्दमा राखेकोबारे ओलीले सञ्चारकर्मीसँग टिप्पणी गरेका हुन।

आफ्नै निवास बालकोटमा पत्रकारहरुसँगको कुराकानीमा ओलीले भने, ‘हिजो संसदको अधिवेशन सकियो र संसदको कार्यकालै सकियो। महाअभियोग पारित भएन। दर्ता भयो र पारित भएन भनेपछि कुरा सकियो। त्यसमा सत्तापक्षले उहाँलाई सफाइ दियो। आफैं बिलम्ब गरेर, प्रक्रिया अगाडि नबढाएर सफाइ दियो। आफैंले खनेको खाल्डोमा आफैं परेर सफाइ दियो। अहिले सेना–प्रहरी हातमा छ भनेर जे पनि गरे हुन्छ? मान्छेको घर घेर्ने, नजरबन्द बनाउने, तमासा गर्ने हो? लोकतन्त्रमा अभियोग पुष्टि नभएपछि प्रधानन्यायधीसले के गर्ने?’


प्रतिक्रिया दिनुहोस्