एमालेको समानुपातिक उम्मेदवार सूची, कुन प्रदेशमा कति ?

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ६ : ४१


काठमाण्डौँ । नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक उम्मेदवार सूची तयार पारेको छ। आज बसेको सचिवालय बैठकले प्रतिनिधि सभाका लागि ११० र प्रदेश सभाका लागि २२० को नाम प्रस्ताव गरी पारित गरेको हो।

प्रस्तावित नामावलीको सूची सोमबार निर्वाचन आयोगमा बुझाइने उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए। प्रतिनिधि सभातर्फ आदिवासी जनजातितर्फ ३२ जना, खसआर्यतर्फ ३४ जना, थारूतर्फ ७ जना, मधेशीतर्फ १७ जना, दलिततर्फ १५ जना, मुश्लिमतर्फ ५ जनाको नाम समावेश गरिएको छ।

११० जनामा ५७ जना महिला छन् भने अरू पुरूषको नाम समावेश छ। उनका अनुसार प्रदेश सभातर्फ समानुपातिकमा २२० जनाको नाम प्रस्ताव गरेर पारित भएको छ।

प्रदेश १ का लागि ३७ जना, मधेश प्रदेशमा ४३ जना, बागमतीमा ४४ जना, गण्डकीमा २४ जना, लुम्बिनीमा ३५ जना, कर्णालीमा १६ जना र सुदूरपश्चिममा २१ जनाको नाम सिफारिस गरिएको छ।


प्रतिक्रिया दिनुहोस्