चोलेन्द्रकी छोरीको अपील: जनताले हाम्रो जिवन रक्षा गरिदिनुपर्यो

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ६ : ३७


काठमाडौं । निलम्बित प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जबराकी छोरी सुनिधी राणाले आफ्नो बाबुलाई अपराधी झै घेरेर प्रहरीले घरभित्र नजरबन्दमा राखेको बताएकी छन्।

आइतबार सर्वोच्च अदालत जान खोजेका जबरालाई घरभित्रै प्रहरी लगाएर सरकारले नियन्त्रणमा राखेको भन्दै परिवारको जीवन रक्षाका लागि अपील गरेकी छन्।

देशको माया हुने, अदालतको माया हुने जो कोहीले पनि आफूहरूलाई साथ दिएर सरकारको दमनबाट उन्मुक्ति दिलाइदिन उनले आग्रह गरेकी छन्।


प्रतिक्रिया दिनुहोस्