चोलेन्द्रको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी हटाइए

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ५ : २९


काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी सरकारले हटाएको छ।

आइतबार अदालत जान खोज्दा जबरालाई निवासमै सुरक्षाकर्मी परिचालन गरि ‘नजरबन्द’मा राखेको सरकारले उनले पाएको सेवा समेत खोसेको हो।

प्रहरी हेडक्वार्टरले जबराको व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) र स्टर्टिङमा खटिने सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाएको छ।

पीएसओ र स्टकर्टिङमा गरी राणाको सुरक्षाका लागि ८ जना सुरक्षाकर्मी परिचालित थिए। सबैलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको हो।

घटनास्थल पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीका अनुसार जबरा निवासको आवतजावतको निगरानी गरिएको छ। यस्तै, आवास बाहिर निस्कने सवारी साधनमा चेकजाँचमा कडाइ गरिएको छ भने उनको सवारी स्कर्टिङ टोलीसमेत हटाइएको छ।


प्रतिक्रिया दिनुहोस्