संविधान दिवसमा एनटिसीको अफर: ९८ रूपैयाँमा ६ जीबी डाटा

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ४ : ४२


काठमाडौं। संविधान दिवसको अवसरमा नेपाल टेलिकमले नयाँ प्याकेज घोषणा गरेको छ।

संविधान दिवस अफर अन्तर्गत असोज २ गतेदेखि असोज ४ गतेसम्म टेलिकमले सो प्याकेज उपलब्ध गराएको छ।

३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ मा खरिद गर्न सकिने, २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुने उल्लेख गरिएको छ।

यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा २९४ मा खरिद गर्न सकिने छ।

असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरू उपयोग गर्न सकिने टेलिकम प्रवक्ता शोभन अधिकारीले जारी गरेको विज्ञप्‍तिमा उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस्