अग्नि सापकोटालाई सभामुख बनाउने सहमति

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ८ : २६


काठमाडौं । सत्तारुढ नेकपाले अग्नी सापकोटालाई प्रतिनिधीसभाको सभाको सभामुख बनाउने सहमति भएको छ।

सभामुखका लागि टुंगो लगाउन आइतबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल बीच छलफल भएको थियो । 

अध्यक्ष दाहालले सापकोटाको नाम प्रस्ताव गरेको बुझिएको छ।

तत्कालिन सभामुख कृष्ण बहादुर महरामाथि यौन दुव्र्यवहारको अरोपपछि सभामुख पद रिक्त छ ।

प्रधानमन्त्री ओली तत्कालिन माओवादी केन्दबाटै सभामुख बनाउन तयार देखिएका छन्। 

नेकपाले सभामुखबारे औपचारिक निर्णय लिन दिउसो ४ बजे बैठक बोलाएको छ। 


प्रतिक्रिया दिनुहोस्