‘पठाओ फुड’ मा यसरी कमाउन सकिन्छ मासिक ७० हजारसम्म (अन्तरवार्ता)

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ३ : ०८


काठमाडौं। नेपालमा पछिल्लो १५ बर्षमा ‘फूडिंग बिहेबियर’मा व्यापक परिवर्तन आएको छ। साना–ठुला सबैखाले सहरमा आजभोलि खानको लागि आउटिङ्ग सामान्य भैसक्यो। यसको प्रमाण सहरका हरेक दोश्रो देश्रो घरमा देखिने रेस्टुरेन्टहरु नै हुन्। सहरी छेत्रमा बढ्दो व्यस्तता र फूडिंग बिहेबियरमा देखिएको परिवर्तनले थप नयाँ अवसरहरुको समेत पहिचान हुँदै गएको छ। सौखिन र व्यस्त मानिसहरूलाई प्रविधिले धेरै मद्दत गरेको छ। अहिले खाजा तथा खाना आफूलाई मन परेको रेस्टुरेन्टबाट खान मन लागेको कुरा अर्डर गरेर मगाउन सकिन्छ। नेपालमा अहिले अनलाईन फुड डेलिभरी गर्ने कम्पनी दर्जनौँ छन्। यस्तै भीँडको एक संस्थाको रुपमा परिचित छ ‘पठाओ फुड’।

सन् २०१८ मा नेपाल भित्रिएको चर्चित राईड सेयरिङ एप पठाओले खाजा तथा खाना डेलिभरी गर्ने उद्देश्यले सन् २०२० मा पठाओ फुड सुरू गर्यो। अनलाईन फुड डेलिभरी गर्न थालेको केहि समयमै ग्राहकहरूको मन जित्न सफल भएको छ ‘पठाओ फुड’। अहिले फुड डेलिभरी गर्दै आएका कम्पनीहरूमध्ये ‘पठाओ फुड’ दोस्रो लिडरको रुपमा बजारमा रहेको दावी गरिएको छ। मानिसहरूले पठाओ एप डाउनलोड गरेपछि, राइड सेयरिङमा पठाओ बाईक र पठाओ कार, पठाओ फुड र पठाओ बजार गरि चार प्रकारको सेवा लिन सकिन्छ। पठाओका यिनै विशेषताको बारेमा पठाओ फुडकी मार्केटिङ म्यानेजर सुरक्षा हमालसंग दैनिक सहकर्मी आभास बुढाथोकीले गरेको अन्तरवार्ताको सम्पादित अंस:

कस्तो छ अनलाईन फुड डेलिभरीको बिजनेस मोडल?

ग्राहकले खाजा तथा खाना पठाओ एपको माध्यमबाट अर्डर गर्न सक्छन्। काठमाण्डौं उपत्यका भित्र मात्र यस एपको माध्यमबाट फुड अर्डर गर्न सकिन्छ। उपत्यकाका ६ सय १५ रेस्टुरेन्टहरू कम्पनीमा आवद्ध छन्। ग्राहकले जुन स्थानबाट फुड अर्डर गर्न खोज्छन सो स्थानबाट ४ किलोमिटर भित्रको दुरीमा रहेको रेस्टुरेन्ट मात्र एपमा देखिन्छ। एपमा देखा परेको रेस्टुरेन्टबाट ग्राहकले फुड अर्डर गर्न सक्छन्। एकै पटक तीन फरक रेस्टुरेन्टबाट अर्डर गर्न सकिन्छ। ग्राहकले फुड अर्डर गरेपछि त्यसको जानकारी फुडम्यानलाई जान्छ, फुडम्यानले एकपटक फुड अर्डर गरेका मानिसलाई सम्पर्क गरेर कन्फर्म गरेपछि रेस्टुरेन्टमा अर्डर दिन्छन । तातो खाना सुरक्षित साथ ग्राहककोमा पुर्याइदिनु पठाओ फुडको विशेषता हो। फुडम्यानले रेस्टुरेन्टमा तयार भएको खाना ग्राहककोमा पुर्याउँछन्। ग्राहकले खाना प्राप्त गरेपछि पैसा फुडम्यानलाई पनि दिन सक्छन वा खल्ति, ई–सेवाको माध्यम बाट पनि तिर्न सक्छन्।

नेपालमा फुड डेलिभरी गर्ने दर्जनौँ कम्पनीहरू छन। यस्ता कम्पनीहरूमा मानिसहरूलाई फुडम्यानको रूपमा काम गर्न रोजगारीको अवसर प्राप्त भएको छ । बाइक हुनेहरू मात्र होइन, साईकल हुनेहरूले समेत फुडम्यानको रूपमा काम गरिरहेका छन्। पठाओ फुडले सर्वप्रथम साईकलमा समेत फुड डेलिभरी गर्न थाल्यो। अहिले पठाओमा जम्मा २ सय २६ जना फुडम्यानहरू छन्, जसमध्ये साईकलमा फुड डेलिभरी गर्ने १ सय ७८ र बाईकमा फुड डेलिभरी गर्ने ४८ जना छन्। फुडम्यानहरूले एक दिनमा एक हजार देखि एक हजार दुई सय विभिन्न अर्डर डेलिभरी गर्ने गर्छन्। ग्राहकहरूले खाना अर्डर बिहान ९ बजेदेखि बिहान ३ बजेसम्म गर्न सक्छन् । पठाओ फुडले खाजा तथा खाना र डेलिभरी चार्जमा समेत विशेष छुट दिने गरेको छ।

रेभिन्यू सेयरिङसरी हुन्छ ?

कम्पनीले आवद्ध रेस्टुरेन्टसंग केहि मार्जिनमा काम गरेको हुन्छ । त्यसैबाट केहि पाउँने हो कम्पनीले। रेस्टुरेन्टले उसको मेनु बराबरको पैसा पाउँछ। फुडम्यानले डेलिभरी चार्ज बापत पाउँछन। ग्राहकले तिरेको पैसा कम्पनीमा आउँछ र रेस्टुरेन्टसंग गरेको सम्झौता अनुसार केहि हप्ता वा महिनामा सम्बन्धित रेस्टुरेन्टलाई कम्पनीले दिन्छ, संचालकले भनेका छन्।

फुडम्यानहरू कसरी आवद्ध हुन सक्छन् ?

फुडम्यानको रूपमा काम गर्न इच्छुक र जोसंग बाइक अथवा साईकल छ उहाँहरूले पठाओको वानेश्वर कार्यलयमा आएर सम्पर्क गर्न सक्छन। यति घण्टा काम गर्नै पर्छ भन्ने हुँदैन, उहाँहरू जति समय सम्म काम गर्न चाहनु हुन्छ गर्नसक्छन। सुरूमा तालिम दिईन्छ र त्यसपछि काम गर्न सक्छन् ।

फुडम्यानले कसरी कमाउँछन्?

फुडम्यानले मूख्य गरी कमाउने भनेको डेलिभरी चार्ज बाट नै हो। त्यसबाहेक बोनस र क्वेस्ट मार्फत पनि पैसा पाउँछन्। फुडम्यानले जति अर्डर लिन्छन र डेलिभरी गर्छन, त्यति बढी उनीहरूले कमाउँछन्। राम्रो कमाई गर्नुहुन्छ फुडम्यानहरूले। फुडम्यानहरूलेसाईकलमा खाजा तथा खाना डेलिभरी गरेरै मासिक ६०–७० हजारसम्म कामाउँछन्।

के अनलाईन फुड डेलिभरी बिजनेसलाई प्रोफिटेबल छ ?

प्रोफिटेबल बिजनेस भन्न गार्है छ । अरू देशको फुड डेलिभरी कम्पनीहरू जस्तै जोम्याटो, स्विगीलाई हेर्ने हो भने उनीहरू पनि प्रोफिटमा छैनन् । पठाओ फुडको कुरा गर्ने हो भने हामी पनि प्रोफिटमा छैनाँै । अहिले पनि फुड डेलिभरीको कलचर बसिसकेको छैन । खाना अर्डर गरेरै खाने भन्ने चाहि हुँदैन, यो एउटा लगजरियस हो । तर राईड भनेको कस्तो हो भने त्यसलाई अभोइड गर्नै सकिदैन, जानै पर्ने हुन्छ । सबै ठाउँमा सार्वजनिक गाडि पुग्दैन त्यसैले राईड अनिवार्य जस्तै हो । नेपालमा पनि खाना अर्डर गरेर खाने ट्रेन्ड बनिससकेको छैन, विस्तारै बस्दैछ । कसरी प्रोफिट बनाउने, विभिन्न क्याम्पेनहरू बनाउँदै छौँ, मार्केटलाई कसरी अझै बढाउने, मान्छेमा यो खाल्को बानी कसरी बसाल्ने भनेर । विस्तारै यो बिजनेस प्रोफिटमा जान्छ,तर अहिले बाहिरको रिसर्च हेर्ने हो भने यप बिजनेस प्रोफिटमा छैन ।

यो बिजनेसमा खर्च कुन कुन शीर्षकमा हुन्छ?

खर्च धेरै हुन्छ। अब कम्पनीमा स्टाफहरू हुनुहुन्छ, उहाँहरूलाई तलब दिन पर्यो, ग्राहकहरूलाई खाजा तथा खानामा र डेलिभरी चार्जमा छुट दिनपर्यो, फुडम्यानलाई बोनस दिनपर्छ, मार्केटिङमा खर्च हुन्छ, ब्यागहरू बनाउनुपर्छ । धेरै खर्च चाहिँ ग्राहकलाई दिईने छुटमा, फुडम्यानलाई दिने बोनस र मार्केटिङमा धेरै खर्च हुन्छ ।

के कस्ता चुनौतीहरू देख्नुहुन्छ ?

अर्डर गरेका खानाहरू समयमै डेलिभरी गर्नु नै मूख्य चुनौति हो। अर्डर गरेका कुरालाई तातो र सुरक्षित लग्नुपर्ने हुन्छ । फुडम्यानहरूलाई पनि उचित बोनसको व्यवस्था गर्नुपर्छ नत्र उहाँहरू अरू कम्पनीमा जानुहुन्छ, उहाँहरूलाई मोटिभेट गरिराख्नुपर्छ । मौसम र ट्राफिक जाम पनि चुनौति नै हो। अब पानि पर्यो भने डेलिभरी गर्न केहि ढिलो हुनसक्छ अझ नेपालमा ट्राफिक जाम त्यस्तै हुन्छ । फुडम्यानहरूलाई समयसमयमा तालिमहरू दिनुपर्छ, सरसफाई सम्बन्धि, ग्राहकसंग कसरी डिल गर्ने भनेर । यस्ता चुनौतीहरू छन्।

भोलिको दिनमा कस्तो सम्भावना देख्नुहुन्छ कम्पनीका?

अनलाईन फुड डेलिभरी बिजनेसको सम्भावना राम्रो छ । आजको दिनमा यो ग्रोइङ अवस्थामा छ । जब सुरूमा राईड आयो त्यो समयमा पनि चुनौतिहरू त थिए नि, अब एक जना नचिनेको मान्छेको पछाडि बस्नु भनेको अचम्मै कुरा थियो तर मान्छेहरूले त्यसलाई स्विकार्य । त्यस्तै यो बिजनेस पनि आगामि दिनमा राम्रो हुन्छ सबैले स्विकार्नुहुन्छ। दुई वर्षमै दैनिक १०००–१२०० खाना डेलिभरी गर्नु अरू कम्पेटिटर हुँदा हुँदै भनेको त राम्रो हो । सम्भावना त राम्रै रहेछ नि । जति धेरै यस्ता नयाँ कम्पनीहरू आउँछन त्यति मार्केट बढ्छ मानिसहरू सचेत हुन्छन् र राम्रो प्रतिस्पर्धा हुन्छ।

पठाओ फुडको विशेषताहरू केके हुन् ?

अर्डर गरेको खानालाई छिटो ४५ मिनटमै डेलिभरी गर्नु, एकजना फुडम्यानले एक व्यक्तिको मात्र अर्डर लिन्छन र डेलिभरी गर्छन । एक पटकमा तिनवटा फरक रेस्टुरेन्टबाट अर्डर गर्न सकिन्छ । फुडम्यानको लाइभ ट्रयाकिङ गर्न सकिन्छ र ग्राहकहरूलाई विभिन्न अफरहरू दिने गरेको छ। यो नै हो पठाओ फुडको विशेषता हो।


प्रतिक्रिया दिनुहोस्