सैनिकमाथि क्षेप्यास्त्र आक्रमण, ७० जना मारिए

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ७ : ३५


यमनमा भएको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ७० सैनिक मारिएका छन्। मरिब प्रान्तमा रहेको मस्जिदमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी शनिबार उनीहरुको मृत्यु भएको अस्पताल र  सैनिक स्रोतले जानकारी दिएको छ । 

शनिबार भएको यस आक्रमणमा परी ७० सैनिक मारिएका मरिब अस्पताल स्रोतले पुष्टि गरेको छ। यमनी राष्ट्रपति आबेद्राब्बो मानसुर हादीले कायर र आतङ्ककारी आक्रमण भनि निन्दा गर्नु भएको छ।
 
यस घटनामा परी अरु दर्जनौँ घाइते भएका छन् र ती मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।  घटनाका बारेमा हुथी विद्रोहीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। यसअघिका यस्तै क्षेप्यास्त्र आक्रमणहरुमा भने हुथी विद्रोहीहरुले जिम्मेवारी लिने गरेका थिए ।   

सन् २०१४ देखि देशको अधिकांश भाग कब्जामा लिएको हुथी विद्रोही विरुद्ध राष्ट्रपति हादीलाई सन् २०१५ देखि साउदी अरबको गठबन्धन सेनाले समर्थन गर्दै आएको छ । 
 


प्रतिक्रिया दिनुहोस्