गायिका राउतलाई पक्राउ गर्न प्रहरी परिचालन

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ७ : ०३


काठमाडौं । गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंले मुद्धा दर्ता भएपछि
गायिका राउतको खोजीमा प्रहरी खटाएको जनाएको छ । 

त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा आफूमाथि दुव्र्यवहार गरेको उजुरी प्रहरी जवान रमिसा श्रेष्ठले दिएपछि राउत विरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता भएको छ ।

कारवाही होस् भन्दै जाहेरी दिएपछि राउतलाई प्रहरीले नियन्त्रणमा लिन लागेको हो । 

प्रहरी कर्मचारीलाई बुधबार दुर्व्यवहार गरेको प्रारम्भिक प्रतिवेदनलाई नै जाहेरी मानेर प्रहरीले राउतमाथि अभद्र व्यवहार कसुरको मुद्दा दर्ता गरेको हो।

प्रहरीमा उजुरी दर्ता भएसँगै गायिका आस्था राउत फरार छिन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

अभद्र व्यवहार कसुरको मुद्दामा दोषी देखिए एक वर्षसम्म कैद र जरिवाना हुने व्यवस्था छ।

प्रहरीले राउतको भिडिओ पनि संकलन गरेको छ। उक्त भिडियोका आधारमा राउतलाई साइबर अपराधसम्मको कसुरमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । 

यो पनी

आस्था राउतलाई दिपकराज गिरीले दिए यस्तो सुझाव
३३ किलो सुनकाण्डको सिसीटिभी फुटेज सार्वजनिक गर्न प्रहरीलाई अनुरोध !

गायिका राउतको विषयमा अनुसन्धान हुँदैछ : प्रहरी
 


प्रतिक्रिया दिनुहोस्