नेकपा अध्यक्षद्वयबीचको छलफल सकियो, सभामुखको टुंगो आजै

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ६ : ३८


काठमाडौं । प्रतिनिधीसभाको सभामुख टुंगो लगाउन सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको छ। 

आज बिहान बालुवाटारमा भएको छलफलपछि सभामुखको टुंगो लगाउन सचिवालय बैठक बोलाइएको छ।

दिउसो ४ बजे बस्ने नेकपा सचिवालय बैठकले सभामुखको टुंगो लगाउने छ।

सभामुख छान्न नेकपाले निर्णय गर्न ढिलाइ गरेपछि प्रतिनिधिसभा बैठक पटक पटक स्थगित हुदै आएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक माघ ६ गते अर्थात् भोलिका लागि बोलाइएको छ ।

नेकपाले आजै सभामुखको टुंगो लगाउने तयारी गरेको हो ।


प्रतिक्रिया दिनुहोस्