‘बालेन-हर्कहरु सानो झिल्को हुन्, हामी को–को चुनावमा बढारिन्छौं भन्न सकिन्न’

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ७ : ४९


काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले परम्परागत राजनीतिक शक्तिमाथि चुनौती खडा भएको बताएका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले युवा पुस्ताको विद्रोहको लहर आएकाले परम्परागत राजनीतिक शक्तिलाई चुनौती थपिएको बताएका हुन्।

उनले सो क्रममा बालेन शाह र हर्क साम्पाङहरु त सानो झिल्को मात्र रहेको बताउँदै पुराना शक्ति बढारिने सम्भावना भएको बताए।

भट्टराई भन्छन्,‘युवा विद्रोहको लहरलाई सम्बोधन गर्न सक्नुभएन भने गाउँठाउँमा त प्रभाव नपर्ला, हाम्रो संगठनको बलमा चुनाव जितिएला तर शहरी क्षेत्रहरुमा त्यति सहजै चुनाव जित्नेवाला हामी छैनौं। हामी को को बढारिन्छौं म भन्न सक्दिन, मलाई त आत्मविश्वास छैन।’

राजनीतिक पार्टीले आफ्ना कमी कमजोरी सुधारेर राष्ट्रियता, लोकतन्त्र, आर्थिक विकास र समृद्धिका विषयमा नयाँ अवधारणा लिएर जान सकेमा मात्र आफूहरु सफल हुनसक्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्