७० वर्षयता चिताविहीन भारतमा ल्याइयो नामिबियाई चिता, छाडियो जंगलमा

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ६ : ४४


काडमाडौं। भारतले शनिबार आठ नामिबियाई चिताहरूलाई जङ्गलमा छाडेको छ।

स्थानीय टेलिभिजनमा देखाइएअनुसार दशकौं अघिदेखि लोप हुँदै गएका चितारूलाई पुनः संरक्षित गर्ने महत्वाकाङ्क्षी परियोजना अन्तर्गत सो कार्य अगाडि बढाइएको हो।

चिता सबैभन्दा तिव्र गतिमा कुद्ने जनावर हो। राजधानी नयाँ दिल्लीको दक्षिणमा रहेको अभयारण्य कुनो राष्ट्रिय निकुञ्जमा आयोजित सो समारोह प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको थियो।

सन् १९५२ मा भारतमा चिता विलुप्त भएको घोषणा गरिएको थियो। चितालाई विशेष विमानमा भारत नामिबियाबाट ल्याएको थियो।

70 years of waiting.. Tiger face plane is ready! Namibia “cheetahs” that  are going to roar in India! | Cheetahs leave Namibia: India ready to welcome


प्रतिक्रिया दिनुहोस्