प्रेमगीत–३ चल्न नदिने प्रपञ्च रचेको भन्दै प्रदीपले भागे भुवन केसीको राजीनामा

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ६ : ०५


काठमाडौं। नेपाली दर्शकले बेग्र रुपमा प्रतिक्षा गरेको चलचित्र प्रेमगीत ३ लाई चल्न नदिने प्रपञ्च रचेको भन्दै अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन्।

हालै बोर्डले कात्तिक १ गतेदेखि रात्री शो बन्द गर्ने निर्णय गरेको भन्दै खड्काले केसीको राजीनामा मागेका हुन्।

विकास बोर्डको यो निर्णय असोज ७ गतेदेखि विश्वभर रिलिज हुन लागेको प्रेमगीत–३ प्रति लक्षित भएको खड्काको आरोप रहेको छ।

शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा खड्काले भने भुवन केसीले राजीनामा दिएकै राम्रो भनेका छन्।


प्रतिक्रिया दिनुहोस्