कञ्चनपुरमा बाढीले झोलुङ्गे पुल बगायो, स्थानीयलाई आवत जावत गर्न गाह्रो

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ४ : २०


कञ्चनपुरl कञ्चनपुरमा अविरल वर्षापछि आएको बाढीले झोलुङ्गे पुल बगाएको छ।

बाढीले शुक्लाफाँटा नगरपालिका–१२ स्थित बनहरा नदीको झोलुङ्गे पुल बगाएको हो । सो पुलले तिलकी र देखतभूलीलाई जोडेको थियो।

तीन वर्षअघि उक्त नदीमा झोलुङ्गे पुल निर्माण गरिएको हो। बाढीले पुल बगाएपछि स्थानीयलाई आवत जावत गर्न गाह्रो भएको छ।

नदीको दुवैतर्फको आवागमन अहिले ठप्प रहेको स्थानीय लक्ष्मण चौधरीले जानकारी दिनुभयो । बाढीले सो क्षेत्रमा निरन्तर कटान गरिरहेको छ।

बाढीले नदी किनारका बस्तीमा क्षति पु¥याएको छ । शुक्लाफाँटा–१२ मा बाढीले गाईवस्तुसमेत बगाएको छ। नदी किनारका वस्ती डुबानमा परेका छन्। बाढीका कारण कृष्णपुर, लालझाडी, बेलौरीलगायत क्षेत्रका वस्ती डुबानमा परेका छन्l


प्रतिक्रिया दिनुहोस्