चाणक्य नीतिः शत्रुलाई पराजित गर्नु छ भने कूटनीतिक रुपमा फसाउनुहोस्

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ५ : ३४


अहिलेको विकसित समाजमा देशअनुसारका संविधान छन् । अनेकथरि ऐन, कानून र नियमहरु रहेका छन् । इतिहास हेर्दा पूर्वीय दर्शनमा चाणक्य नीतिलाई निकै महत्वपूर्ण रुपमा लिइन्छ । चाणक्य नीतिमा मानव समाजसँग सम्बन्धित हरेक समस्याको समाधान भेटिन्छ । अहिलेको वर्तमान स्थितिमा पनि चाणक्य नीतिलाई गहिरिएर हेर्दा कतिपय नीतिहरु निकै वस्तुवादी पनि देखिन्छन् ।

भनिन्छ, यदि कुनै व्यक्ति जीवनमा चाणक्य नीतिको पालना गर्छ भने सफलता हासिल गर्न सक्छ । 

चाणक्य नीतिका केही सूत्रहरु यहाँ उल्लेख गरिएको छ, जसले तपाईंको जीवनमा पनि केही काम लाग्न सक्छ ।

चाणक्य नीतिका अनुसार हरेक व्यक्तिले आफ्नो आय र व्ययको बारेमा सही जानकारी राख्नुपर्छ । जो मानिस आफ्नो कमाईअनुसार खर्च गर्छ त्यो व्यक्ति जीवनभर सुखी रहन्छ । जो मानिस आफ्नो आयभन्दा बढी खर्च गर्छ त्यो कहिल्यै सुखी हुँदैन ।

यदि कोही नीच व्यक्ति तपाईंको नजिक आउँछ भने त्यस्ता व्यक्तिबाट तुरुन्त टाढिनुहोस् । त्यस्ता व्यक्ति भएको स्थानमा विल्कुलै नबस्नुहोस् । 

यदि कुनै ठाउँमा झैझगडा र झमेला भइरहेको छ भने त्यस्तो ठाउँबाट भाग्नु नै उचित हुन्छ ।

जो मानिस अगाडि मिठा–मिठा कुरा गर्छन् त्यस्ता मानिसहरुले पछाडि बर्बाद पारिरहेका हुन्छन्  । 

शत्रुलाई पराजित गर्न उसलाई कूटनीतिमा फसाउनुस् र शत्रु कमजोर भएपछि प्रहार गर्नुस् ।

आफ्नो गोप्य कुरा कसैलाई पनि नसुनाउनुहोस् ।


प्रतिक्रिया दिनुहोस्