झन् बढ्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ५ : १६


काठमाडौँ । आज (आइतबार) पनि नेपाली बजारमा सुनको भाउ बढेको छ। 

आज छापावाल सुन प्रति तोला ७५ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै आज तेजावी सुन प्रतितोला ७४ हजार ७ सय रूपैयाँ रहेको छ। हिजो तेजावी सुन प्रतितोला ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ भने स्थिर छ। आज चाँदी प्रतितोला ८ सय ९० प्रतितोलामा कारोबार भैरहेको छ।


प्रतिक्रिया दिनुहोस्