आज प्रदेश २ मा सार्वजनिक विदा

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ५ : ०२


जनकपुरधाम । प्रदेश नं २ सरकारले आज (आइतबार) सार्वजनिक विदा दिएको छ।  

प्रदेश सरकारले बलिदानी दिवस मनाउन माघ ५ गते अर्थात आज सार्वजनिक विदा दिने निर्णय गरेको हो। 

२०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको ज्यान गएपछि शुरु भएको मधेश आन्दोलनको स्मृतिमा पछिल्लो दुई साल यता प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्