देशभक्तका असली अनुहार एमसीसीमा देखिने भयो : रेखा थापा

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ४ : ४८


काठमाडौँ । अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा अभिनेत्री रेखा थापाले पनि आफ्नो धारणा सार्वजनिक गरेकी छिन्। 

पछिल्लो समय एमसीसी सम्झौताको पक्ष र विपक्षमा विभिन्न विरोध भइरहँदा अभिनेत्री थापाले देशभक्तहरुका असली अनुहार एमसीसी सम्झौताको सवालमा देखिने बताएकी हुन्। उनले कुन बाध्यताले निर्लज्ज बनेर एसीसीको पक्षमा चाकरी गरिरहेको भन्दै प्रश्न पनि गरेकी छिन्। 

सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स पोस्ट गर्दै थापाले लेखेकी छिन्, 'जनताले तिरस्कार गरेको आइपीएस, एमसीसी को कुरामा किन ढिपी गर्नु परेको होला ? जोगाए बापत कसलाई के के उत्थान र उपहार मिल्ने हो ? सोझो कुरा के हो भने नेपाल पैसा नभएर गरिब भएको होइन्। '  


प्रतिक्रिया दिनुहोस्