सुदूरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा दुई राज्यमन्त्री नियुक्त

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १० : २६


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज दुई राज्यमन्त्री नियुक्त गरेका छन।

प्रदेशको आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारी र भौतिक पूर्वाधार राज्यमन्त्रीमा सुशीला बुढाथोकीलाई नियुक्त गरिएको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले जानकारी दिए।

सोडारी र बुढाथोकी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का तर्फबाट राज्यमन्त्री बनेका हुन।

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री भट्टको सिफारिसमा उनीहरुलाई राज्यमन्त्री नियुक्त गरेका हुन।

नवनियुक्त राज्यमन्त्रीद्वयलाई मुख्यमन्त्री भट्टले पद तथा गोपनीयताको शपथ गराएका छन।

भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी हालै एकीकृत समाजवादी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेपछि भौतिक पूर्वाधार राज्यमन्त्रीको पद रिक्त भएको थियो।

आर्थिक मामिला राज्यमन्त्री अमरबहादुर साउदलाई भने एकीकृत समाजवादीले फिर्ता बोलाएको थियो। रासस


प्रतिक्रिया दिनुहोस्