सभामुखको नाम टुङ्ग्याउन ओली प्रचण्ड छलफलमा

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ४ : ४६


सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच सभामुख चयनका विषयमा बालुवाटारमा छलफल चलिरहेको छ।

चौथो पटक तोकिएको प्रतिनिधि सभाको बैठकको समय नजिकिदै गर्दा नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड सभामुख चयनका विषयमा छलफलमा जुट्नुभएको हो ।

आज (आइतबार) बिहान ९ बजेदेखि प्रधानमन्त्री निवास वालुवाटारमा ओली र प्रचण्डबीच छलफल शुरु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिनुभयो । 

सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपामा सहमति नहुँदा संसद सचिवालयले पटक–पटक सूचना टाँस्दै प्रतिनिधि सभा बैठक सारिरहेको छ । 

अध्यक्षद्वयको आज बसेको बैठकले सभामुखको नाम नटुङ्गिए भोलि (सोमबार)को प्रतिनिधि सभा बैठक पनि के गर्ने भन्ने समस्या उत्पन्न हुने अन्यौल रहेको छ । 


प्रतिक्रिया दिनुहोस्