पुलिस अफिसर फुटबलरकी पत्नीसँग आपत्तिजनक अवस्थामा फेला परेपछि….

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ४ : २५


पुलिस अफिसरले सार्वजनिक स्थलमा पार्किङ गरिराखेको कारमा फुटबलरकी पत्नीसँग यौन सम्बन्ध बनाउँदा महंगो सावित भएको छ। 

यस मुद्दामा अहिले अदालतको सुनुवाइ चलरिहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। फुटबलरकी पत्नी र पुलिस अफिसर दोषी ठहर भए दुबैलाई सजाय हुन सक्ने छ। 

यो घटना बेलायतको एडिनबर्गस्थित हर्मिस्टन भन्ने स्थानको हो। इंग्ल्याण्डका पूर्व फुटबलर लि मकेलकी पत्नी क्लेयर मकेलमाथि सार्वजनिक स्थलमा यौन सम्बन्ध बनाएको आरोप लागेको छ। 

फुटबलरकी पत्नी क्लेयरसँग सम्बन्ध राखेको आरोपमा पुलिस अफिसरलाई पदबाट निलम्बित गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अफिसर र महिला सार्वजनिक स्थानमा पार्किङ गरिरहेको कारभित्र आपत्तिजनक अवस्थामा फेला परेको समाचारमा उल्लेख छ। 

पुलिस अफिसरमाथि २ पटक सार्वजनिक स्थानमा अश्लिन हरकत गरेको आरोप लागेको छ। घटनाका बेला अफिसर स्कटल्याण्डको इलीट क्राइम स्कवायड गार्टकोश क्राइम क्याम्पका प्रमुख थिए। 

घटनाको केही महिनापछि महिलाले आफ्ना फुटबरल पतिसँग सम्बन्ध विच्छेद गरेर पुलिस अफिसरसँग सम्बन्ध बनाएको बताइएको छ। तर प्रहरीले महिलालाई पक्राउ गरेर घटनाका बारेमा थप अनुसन्धान थालेको थियो। अहिले यो घटनाको अदालतमा सुनुवाइ भइरहेको छ।   
 


प्रतिक्रिया दिनुहोस्