प्रदेश ५ को हिउँदे अधिवेशन आजदेखि, ६ विधेयक पेस गर्ने तयारी

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ३ : ५३


काठमाडौँ । प्रदेश ५ को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। 

मुख्यमन्त्री शंकर पोखरेलको सिफारिस र प्रदेश प्रमुख धर्मनाथ यादवको आह्वानमा आजबाट हिउँदे अधिवेशन बोलाइएको हो। 

दिउँसो १ बजेदेखि सुरु हुने हिउँदे अधिवेशनमा ६ वटा विधेयक पठाउने तयारी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। 

यसअघि गत जेठ २ गते सुरु भएर असोज २ मा बजेट अधिवेशन सकिएपछि यहाँको संसद् ‘विजनेस’विहीन अवस्थामा गुज्रिएको थियो।

हिउँदे अधिवेशनले प्रदेशको नाम र स्थायी राजधानी टुंग्याउने तयारी पनि रहेको स्रोतले जनाएको छ। 

७ प्रदेशमध्ये ४ वटाले नाम र राजधानी टुंगो लगाइसकेका भएपछि प्रदेश १ र २ सँगै ५ ले अझै नाम र स्थायी राजधानी टुंग्याउन सकेको छैन।


प्रतिक्रिया दिनुहोस्