लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो हुन्डाई फेस्टिभ डिलाइट योजना

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ८ : ३८


काठमाडौँ। लक्ष्मी इन्टरकन्टिनेन्टल, हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेताले आउँदै गरेको दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै हुन्डाई फेस्टिबल डिलाइट २०७९ (Hyundai Festive Delight 2079) योजना ग्राहकहरु माझ ल्याएको छ। यो ग्राहकमुखि योजना यहि भाद्र ३० गतेदेखि सुरु भएको छ ।

यस योजना अन्तर्गत, ग्राहकहरुले रु.५,००,००० सम्मको आकर्षक नगद छुटका साथै स्क्र्याच कार्ड मार्फत् थप १५०,००० लाख सम्मको नगद छुट पनि पाउन सक्नेछन्। साथै यो योजनामा ग्राहकहले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा पाउनेछन्।

सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुनेछन्।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नेपाल भरी १७ शोरुमहरु तथा १९सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ। हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादक मध्येमा पर्दछ। यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ।

ग्राहकको आवाश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्तो ग्राहकमुखि योजना ल्याउने लक्ष्मी इन्टरकन्टिनेन्टलले हालसालै मात्र पछिल्लो सालको योजनाको विजेता घोषणा गरेको छ।


प्रतिक्रिया दिनुहोस्