भिभोको ‘वाई ३५’ र ‘वाई २२’ स्मार्टफोन नेपाली बजारमा

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ८ : ३७


काठमाडौं । नेपाली बजारमा चिनियाँ ब्रान्ड भिभोले ‘वाई’ सिरिज अन्तर्गत दुई नयाँ स्मार्टफोन भित्र्याएकाे छ । यसअन्तर्गत कम्पनीले ‘भिभो वाई ३५’ र ‘वाई २२’ उपलब्ध गराएको हो ।

‘वाई २५ ’ लाई कम्पनीले स्टाइलिस फोनको उपनाम दिएको छ । यसमा ६.५ इन्चको आईपीएस एलसीडी डिस्प्ले समावेश छ । क्वालकम एसएम६२२५ स्न्यापड्रागन ६८० फोरजी चिपसेटद्वारा सञ्चालित फोन एन्ड्रोइड ११ अपरेटिङ सिस्टममा आधारित छ ।

त्यस्तै यो मोडेलमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र २ मेगापिक्सेलको डेफ्थ सेन्सर छ । सेल्फीका लागि १६ मेगापिक्सेलको क्यामेरा छ ।

यस फोनमा ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ भने ४४ वाटको फास्ट चार्जर समावेश गरिएको छ ।

नेपालमा उपलब्ध हुने भिभो वाई ३५ मोडेलमा ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज छ । कम्पनीले यसको मूल्य ३० हजार ९९९ रूपैयाँ कायम गरेको छ ।

त्यस्तै कम्पनीले सार्वजनिक गरेको अर्को ‘वाई’ सिरिजको फाेन ‘भिभो वाई २२’ मा ६.५५ इन्चको आईपीएस एलसीडी डिस्प्ले रहेको छ ।

मिडियाटेक हेलियो जी८५ प्रोसेसरद्वारा सञ्चालित यो फोन एन्ड्रोइड १२ अपरेटिङ सिस्टममा आधारित छ ।

यस फोनमा दुई ओटा रियर क्यामेरा छ, जसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो सेन्सर समावेश छन् । त्यसैगरी सेल्फी पारखीका लागि ८ मेगापिक्सेलको सिङ्गल क्यामेरा छ ।

यस फोनमा ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ भने १८ वाटको फास्ट चार्जिङ समावेश उपलब्ध गराइएको छ ।

४ जीबी र्‍याम र ६४ जीबी इन्टरनल स्टोरेज भेरियन्टकाे यो फोनको मूल्य २२ हजार ९९९ रुपैयाँ तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्