मोदीको जन्मदिनमा चितुवा बोकेको चितुवा जस्तै विमान

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ७ : १६


नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि आफ्नो जन्मदिन मनाउँदैछन्।

सोही अवसरमा नामिबियाबाट ल्याइएका चितुवालाई मध्य प्रदेशको कुनो राष्ट्रिय निकुञ्जमा छाडिने भएको छ ।

पछिल्ले समय भारतमा चितुवा लोप भएको छ। त्यसैले पुनः चितुवाको संख्या बढाउन भोलिदेखि नामिबियाका चितुवालाई त्यहाँ छाड्न लागिएको बताइएको छ।

यो वर्षको शुरुमा नामिबियाले भारतलाई केही चितुवा दिने सहमति गरेको थियो।

अहिले प्रधानमन्त्रीको जन्मदिनको अवसरमा ती चितुवालाई भारतको राष्ट्रिय निकुञ्जमा छाड्न लागिएको हो।

चितुवालाई ल्याउने विमानको कभर पनि चितुवा जस्तै बनाइएको छ।


प्रतिक्रिया दिनुहोस्