चीनको ४२ तले भवनमा भिषण आगलागी (भिडिओ)

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ४ : ४४


काठमाडौं। चीनको एक ४२ तले भवनमा भिषण आगलागी भएको छ।

सांग्सा शहरमा रहेको चाइना टेलिकम बिल्डिङमा आगजनी भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

यतिबेला ३६ दम्कलको मद्दतमा २८० अग्नीनियन्त्रकले आगो निभाउने काम गरिरहेका छन्।

हालसम्म यो घटनामा भएको हताहतीबारे केही सार्वजनिक भएको छैन। यद्यपी भवनमा लागेको आगो टाढाबाट पनि देख्न सकिन्छ।

भिडिओ


प्रतिक्रिया दिनुहोस्