‘अमेरिकाले युक्रेनलाई शक्तिशाली क्षेप्यास्त्र दिए उ युक्रेन द्वन्द्वको हिस्सा हुनेछ’

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ४ : ०३


काठमाडौं। युक्रेनले आफ्ना अतिक्रमित भूमि रुसी सेनाबाट छुटाउन आक्रामक कारवाही गरिरहँदा रुसी सेनाहरु कयौं युक्रेनी क्षेत्र छाडेर जान बाध्य भएका छन्।

गत फेब्रुअरीमा रुसले आक्रमण गर्न थालेपछि नै अमेरिका लगातयका पश्चिमा राष्ट्रहरुले युक्रेनलाई हतियारहरु सहयोग गरिरहेको छ। यसरी पश्चिमा राष्ट्रको हतियार पाएको युक्रेनी सेनाले रुसी सेनालाई दिनदिनै पछाडी धकेलिरहेको छ।

यस्तोमा रुसले अमेरिकाले युक्रेनलाई लामो दुरीमा मारहान्न सक्ने क्षेप्यास्त्र दिन नहुने बताएको छ।

बिहीबार रुसको विदेश मन्त्रालयले भनेको छ कि यदी अमेरिकाले किभलाई लामो दुरीका क्षेप्यास्त्रहरू उपलब्ध गराउने निर्णय गरेमा खतराको रेखा पार हुनेछ र त्यो कार्य द्वन्द्वको पक्ष बन्नेछ।

मन्त्रालयकी प्रवक्ता मारिया जाकरोभाले रुसलाई आफ्नो क्षेत्र सुरक्षित राख्ने अधिकार भएको बताइन्।

युक्रेन पश्चिमा राष्ट्रको सैन्य संगठन नेटोमा आवद्ध हुन चाहेपछि रुसले युक्रेनबाट खतरा बढेको भन्दै त्यहाँ आक्रमण सुरु गरेको थियो।

अमेरिकाले युक्रेनलाई आत्मरक्षाको लागि विभिन्न क्षेप्यास्त्र प्रणाली प्रदान गरेको छ जसले ८० किलोमिटर टाढासम्म पुगेर आक्रमण गर्नसक्छ।

जाकारोभाले यस विषयमा भनिन्,‘यदी अमेरिकाले कीभलाई लामो दुरीका क्षेप्यास्त्रहरू आपूर्ति गर्ने निर्णय गर्छ भने त्यो कार्य खतराको घण्टी हो। यसरी अमेरिका युद्धको हिस्सा बन्नेछ।’ अल्जाजिरा


प्रतिक्रिया दिनुहोस्