नुनिलो भीर, जहाँ पाउँछन् गाउँले ‘नुन नै नुन’

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १ : ०९


काठमाडौँ । अनौठो आकृतिको सेताम्मे भीर । जसको सेतो धुलो चाख्दा नुनको स्वाद आउँछ ।स्थानीय चौरी गोठाला दिनहुँ त्यहाँ पुगेर नुन चाख्छन् र पाइने सेतो धूलो प्रसादका रूपमा घर लान्छन् । 

जुगल गाउँपालिका ३ तेम्बाथान गाउँको जंगली भीरको भित्ताभरी स्वाद चाखेपछि त्यहाँका गोठालाले नामै ‘नुनिलो भीर’ राखेका छन् । 

भीरको तल्लो ढिस्को कडा छ । माथिल्लो भागबाट पानी झरिरहन्छ । प्राकृतिक नुन खुवाउन चौरी गोडाला भीरमै पुग्छन्।

‘तेम्बाथानका गाउँले नुन चाहिए त्यहीं खोतलेर ल्याउँछन्,’ स्थानीय साइला शेर्पा भन्छन्,‘भीरमा पक्कै यो नुनको खानी हुनुपर्छ।’ 

नुनको स्वाद पाइएकाले सेताम्मे रङको भीरलाई नुनिलो भीरि भनेर चिनिने गरिएको उनले सुनाए। आजको कान्तिपुर दैनिकले खबर छापेको छ। 


प्रतिक्रिया दिनुहोस्