सीसँगको भेटमा पुटिनले भनेः एकध्रुवीय विश्व बनाउने अमेरिकी प्रयास असफल हुनेछ

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १ : ०९


काठमाडौं। उज्बेकिस्तानमा आयोजित सांघाई सहयोग संगठनको बैठकमा रुसी राष्ट्रपति भ्लादमिर पुटिन र चिनियाँ समकक्षी सी चिनफिङबीच भेटवार्ता भएको छ।

बिहीबारको उक्त भेटमा पुटिनले युक्रेन संकटमा चीनको ‘चिन्ता’ आफूहरुले बुझेको बताएका छन्।

पुटिनले युक्रेन द्वन्द्वमा सन्तुलित व्यवहार देखाएको भन्दै चीनको प्रशंसा पनि गरे। उनले पुटिनसँग एकध्रुवीय विश्व बनाउने अमेरिकी प्रयास असफल हुने पनि उल्लेख गरे।

राष्ट्रपति पुटिनका लागि बेइजिङसँगको निकट सम्बन्ध राख्नु भनेको उनको दृष्टिको बहुध्रुवीय विश्व सिर्जना हुनु हो जहाँ रुस र चीनजस्ता देशले विश्वभरि पश्चिमा प्रभावलाई छायामा पार्नेछन्।

यस नीतिले पुटिनका निम्ति शासनको आधारभूत पक्ष तयार गर्छ जसका लागि उनले वर्षौँदेखि काम गर्दै आएका छन्।

सो भेटमा सीले आफूहरुले रुससँग विश्वशक्तिकै हैसियतमा काम गर्न इच्छुक भएको बताएका थिए। चीनले युक्रेनमा रुसी आक्रमणको हालसम्म खुलेर समर्थन गरेको छैन तर रुससँगको चिनियाँ व्यापार भने बढिरहेको छ।

चिनियाँ विदेशमन्त्रालयका अनुसार पुटिनले एक चीन नीतिलाई रुसले सँधै सम्मान गर्नेछ। ताइवानसँगको बढ्दो अमेरिकी सम्बन्धलाई इंगित गर्दै पुटिनले एक चीन नीतिको उल्लंघन गर्ने प्रयास भइरहेको र त्यसको रुसले निन्दा गर्ने पनि पुटिनले बताएका छन्।

सी र पुटिनबीच यस्तो समयमा भेट भएको छ जतिबेला युक्रेन द्वन्द्व र ताइवान तनाव जारी छ। चीन र रुसबीच टकराव रहेको क्षेत्र ताइवान र युक्रेनलाई भने अमेरिकाले समर्थन जनाइरहेको छ।

यसअघि युक्रेनसँगको युद्ध हार्दै गएपछि पुटिनले चिनियाँ सहयोगको अपेक्षा गरेको पनि टिप्पणी भएका थिए। तर यो विषयमा चीन र रुसले कुनै जानकारी दिएका छैनन्। बीबीसीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्