रुसी सेना भागेपछि युक्रेनी शहर इजियममा भेटियो ४४० शव, सामूहिक हत्याको आशंका!

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ११ : ५२


किभ। युक्रेनी अधिकारीहरूले पूर्वी शहर इजियममा ४४० भन्दा बढी शवहरूको सामूहिक चिहान फेला पारेको बताएका छन्।

उक्त सहर सुरुमा रुसी सेनाको कब्जामा थियो। हालसालै युक्रेनले कडा आक्रमण गर्न थालेपपछि सो शहर छाडेर रुसी सेना भागेका थिए।

रूसी सेनाबाट इजियम पुनः फिर्ता भएपछि त्यहाँ शवहरु भेटिएका हुन्।

प्रत्येक शवको फोरेन्सिक अनुसन्धान गरिने खार्किभ क्षेत्रका प्रमुख प्रहरी अन्वेषक सेर्ही बोल्भिनोभले बताएका छन्।

ति शव निर्दोष सर्वसाधारणको हुन सक्ने अनुमान गरिएको छ। पछिल्लो समयमा युक्रेनले यसअघि रुसले कब्जा गरेका महत्वपूर्ण क्षेत्रलाई पुनः फिर्ता लिन आक्रमण जारी राखेको छ।

युक्रेनले रुसले युद्ध अपराध गरिरहेको आरोप लागिरहँदा सामूहिक चिहान भेटिएको हो। युद्ध हार्दै गएपछि रुसले अस्पताल, आवसीय भवनहरुमा आक्रमण गरेको भिडिओहरु सार्वजनिक भएका थिए।

एकैपटक सयौंको शव भेटिएपछि यतिबेला रुसको चर्को आलोचना भइरहेको छ। द गार्डियनको सहयोगमा


प्रतिक्रिया दिनुहोस्