श्रीमतीलाई बलात्कार गरेको आरोपमा धनगढीका व्यवसायी पक्राउ

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  २ : ३१


काठमाडाैं । धनगढीमा श्रीमतीलाई बलात्कार गरेको आरोपमा व्यवसायी पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ भन्सार रोडमा व्यवसाय गर्दै आएका दिनेश गुप्तालाई श्रीमतीमाथि जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

गुप्ताकी श्रीमतीले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको बताए।


प्रतिक्रिया दिनुहोस्