ग्लोबल आइएमई बैंक एससीटी डेबिट कार्ड प्रयोगकर्ताले दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक पाउने

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ११ : ०७


काठमाडौं । ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्ताहरुले दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन्।

बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज् (एससीटि) सँगको सहकार्यमा बैंकले दशैंका लागि एससीटी डेबिट कार्डको दमदार दशैं धमाका ‘थ्री–डि अफर अन्तर्गत क्यासब्याक ल्याएको हो।

यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर रहेको बैंकले जनाएको छ। कुनै पनि प्वाइन्ट अफ सेल (पिओएस) टर्मिनलहरूमा भुक्तानी गर्ने एससीटि डेबिट कार्ड होल्डरले ३३.३३ प्रतिशत अथवा अधिकतम एक हजारसम्म क्यासब्याक पाउन सक्नेछन् ।

असोज १ गतेदेखि दशैंभर यो योजना चल्नेछ। कम्तिमा ३ वटा पिओएस कारोबार गर्ने कार्ड खहोल्डरलाई पाँच सय तथा कम्तिमा ६ वटा पिओएस कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई एक हजारक्यासब्याक प्रदान गरिने बैंकले जनाएको हो।

क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा पाँच सय रुपैयँको हुनुपर्नेछ। यस्तै, दिनको एउटा कारोबार मात्र गणना हुने बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्