एनआईसी एशियामा सर्वश्रेष्ठ बचत खाता खोल्नेले पाए २० लाख रुपैयाँ बीमा भुक्तानी

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ११ : ०३


काठमाडौं । एनआईसी एशिया बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका २ जना ग्राहकले कूल २० लाख रुपैयाँ बराबरको बीमा रकम भुक्तानी पाएका छन् । उक्त योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोल्ने मध्ये दुई जनाले घातक रोग बीमा वापत प्रतिव्यक्ति १० लाखको दरले कुल २० लाख रुपैयाँ पाएका हुन् ।

बैंकको नेपालगन्ज शाखामा ‘एम्बेसडर’ श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोलेका सुजन शाह र तिनचुली शाखामा सोही खाता खोलेका स्व. महेश कपालीको हिताधिकारीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । सो बीमा रकम बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।

बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका १ हजार ७३३ जना भन्दा बढी ग्राहकले घातक रोग बीमा वापत २ करोड ६० लाख रुपैयाँ, दुर्घटना बीमा वापत ७० लाख रुपैयाँ र मेडिकल बीमा वापत ३ करोड ३१ लाख रुपैयाँ गरी कुल ६ करोड ६१ लाख रुपैयाँभन्दा बढी बीमा रकम पाइसकेका छन् ।

बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षको लागि ८४ लाखसम्मको बीमा सुविधा रहेको ‘सर्वश्रेष्ठ बचत योजनाहरु’ सञ्चालन गरिरहेको छ । यो योजनामा सर्वाधिक उच्च ब्याजदर, ५ वर्षसम्म रू. ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन् ।

साथै, यस बचत योजना अनुसार ग्राहकले प्राप्त गर्ने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई-कमर्श सेवा, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस/सी आइपिएस/फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहक एवं निजले मनोनित गरेका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्