प्रोटोन नेपालले ल्यायो ‘दशैं–तिहार अफर’

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  १० : ५७


काठमाडाैं । जगदम्बा मोटर्सले ‘गन्तव्य खुशीयालीको, हर्ष दशैं र तिहारको’ नाम योजना ल्याएको छ।

यसमा ग्राहकले ‘अभिभावकको कार– सन्तानको स्कूटर साकार’ भन्ने अभियानका साथ ल्याइएको यो योजनाअन्तर्गत हरेक सागा सेडना कारको खरिदमा टीभीए एनटोर्क स्कूटर जित्ने अवसर प्राप्त गर्ने सकिने कम्पनीले जनाएको छ।

यस्तै, योजनामा एक्स ५०र एक्स ७० एसयूभी कार र सागा सेडना कारअन्तर्गत ग्राहकहरुले आकर्षण नगर पुरस्कार, एक बर्षका लागि निशुल्क इन्स्योरेन्स सेवा तथा सडक दस्तुर, एक्स्चेञ्ज सुविधा प्राप्त गर्न सक्नेछन्।

साथै सहज फाइनान्स सुविधा एवं आकर्षण गिफ्ट ह्याम्पर समेत प्राप्तगर्न सक्नेछन्। स्टक सिमित रहेकोले स्टक रहेसम्म मात्र यो सुविधा उपपलब्ध हुने कम्पनीले जनाएको छ।

जगदम्बा मोटर्स प्रोटोन ब्राण्ड गाडीको आधिकारिक बिक्रेता शंकर ग्रुप अन्तर्गतको कम्पनी हो।


प्रतिक्रिया दिनुहोस्