सोलखुम्बुमा गोली चल्यो

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  १ : ४०


सल्लेरी । सोलुखुम्बुलाई राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्ने कार्यक्रममा गोली चलेको खबर प्राप्त भएको छ ।

कार्यक्रममा सहभागी हुन सदरमुकाम सल्लेरीबाट गएको टोलीलाई स्थानीयले अवरोध गर्दै ढुङ्गामुढा गरेपछि प्रहरीले हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको बताइएको छ ।

झडपमा केही प्रर्दशनकारी र प्रहरी घाइते भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बन्दकर्ताले १६ वटा मोटरसाइकल र एउटा जीपमा आगजनीसमेत गरेका छन् ।

मुख्य प्रभावित क्षेत्रलाई वेवास्ता गर्दै पत्तालेमा राष्ट्रिय प्रसारण लाइनको उद्घाटन राखिएकोमा तिङ्लाबासीले विरोध जनाएका छन् । 

तिङ्लाको लाम्मानेमा निर्माण गरिएको ३३ केभी प्रसारण लाइनको सबस्टेशनमार्फत जिल्लालाई केन्द्रीय प्रसारण लाईनमा जोड्न शनिबार उद्घाटन कार्यक्रम राखिएको थियो । 

तस्विर : अनखबर


प्रतिक्रिया दिनुहोस्