श्रीमान‍ छिमेकीसंग सम्बन्धमा रहेको थाहा पाएपछि आफ्नै श्रीमतीले गरिन् हत्या

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ६ : २४


बुटवल । रुपन्देहीको तिलोत्तमा एक महिलाले श्रीमान‍्को हत्या गरेकी छन् । तिलोत्तमा–१५ मा ३९ वर्षीया ग्रिजादेवी थारुले ४२ वर्षका जगदीश चौधरीको हत्या गरेकी हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार थारुले मंगलबार राति आफ्नै घरको कोठाभित्र खाटमा सुतिरहेको अवस्थामा फलामको धारिलो हतियारले घाँटी तथा शरीरका विभिन्न भागमा प्रहार गरी जगदीशको हत्या गरेकी हुन् । थारुको छिमेकी ५२ वर्षका फूलचन्द्र बानियाँसँग अवैध सम्बन्ध रहेको श्रीमान‍्ले थाहा पाएपछि पटक–पटक झगडा हुने गरेको थियो ।

जगदीशको हत्या गर्न बानियाँले पनि सघाएको भन्दै प्रहरीले उनलाई पनि पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए । घटनबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्