बाख्रालाई बचाउन खोज्दा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ११ : ४२


लहान । सिरहामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन्। 

मृत्यु हुनेमा २१ बर्षका सन्तोष कुमार यादव र २२ बर्षका श्रीप्रसाद मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका ७ स्थित पुरानो चोहर्बा सडक खण्डमा तिव्र गतिमा रहेको स १ त ६५६० नम्बरको ट्याक्टर बाख्रालाई बचाउने क्रममा दुर्घटना भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि लहानतर्फ लग्दै गर्दा बाटोमै मृत्यु भएको हो।

अन्य घाइतेहरुको उपचार भइरहेको छ । 


प्रतिक्रिया दिनुहोस्