मंसिर चारः रविको पार्टीमा ‘एप’ मार्फत् खुल्ला प्राथमिक चुनाव सुरु

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ५ : ५६


काठमाण्डौँ । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको चुनावलाई मध्यनजर गरेर राष्ट्रिय स्वतन्त्र पार्टीले मुलुकमै पहिलोपटक प्राइमरी चुनाव गर्न थालेको छ । पार्टीका सभापति रवि लामिछानेका अनुसार पार्टीको मोाइल एपमार्फत् खुल्ला प्राथमिक निर्वाचन (Open Primary Election) गर्न लागिएको हो । रविले सामाजिक संजालमा जानकारी गराएअनुसार एपमा उपलब्ध लिंंक ओपन गरेर आफूले चाहेको उम्मेदवारलाई मत खसाल्न सकिने छ। त्यसको लागि भोटिङ अवधि नेपाली समय अनुसार शुक्रबार बेलुका ७ बजेदेखि शनिबार राती ११ः५९ सम्म कायम गरिएको सभापति लामिछानेले जानकारी गराएका छन् ।

नेपाली राजनीति टिके प्रवृतिले आहत रहेको, पार्टीभित्रको आन्तरिक लोकतन्त्र यहि प्रवृतिले ध्वस्त पारेको, अब्बल व्यक्तिहरु भन्दा नेताका निकटहरुको राजनीतिमा वर्चस्व बढाएको कारण यी सबै कुराको अन्त्य गर्नको लागि यो प्रणाली सुरु गरिएको उनले बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा उनी लेख्छन् ‘हामी सबैले महसुस गरेको कुरा हो, नेपाली राजनीति टिके प्रवृतिले आहत छ । पार्टीभित्रको आन्तरिक लोकतन्त्र यहि प्रवृतिले ध्वस्त पारेको छ भने अब्बल व्यक्तिहरु भन्दा नेताका निकटहरुको राजनीतिमा वर्चस्व बढाएको छ । परिणाम, मुलुककै लोकतान्त्रिक राजनीतिमा हदैसम्मको कुप्रभाव पारिरहेको छ । यो प्रवृतिका विरुद्धमा कसै न कसैले प्रहार गर्न आवश्यक छ । अतः नेपाली राजनीतिक इतिहासमै पहिलो पटक हामी राष्ट्रिय स्वतन्त्र पार्टी आन्तरिक लोकतन्त्रको प्रयोग गर्न खुल्ला प्राथमिक निर्वाचन (Open Primary Election) गर्दैछौँ । यो प्राथमिक निर्वाचनले संघीय समानुपातिक निर्वाचनका लागि बन्दसूचिको निधार्रण गर्ने छ । पहिलो प्रयोग भएकाले यसको विशिष्ट उपयोगिताका लागि सामाजिक चेतना तथा पार्टीभित्रकै अवस्थाले पनि केहि कमिकमजोरी रहन सक्लान् तर यो पद्दतिको उत्कृष्टताको रक्षार्थ हाम्रो तर्फबाट हदैसम्मको परिश्रम र सजगता रहेको छ । यसका लागि हामीले वेबसाइट र मोबाइल एप बनाएका छौँ (जसको लिंक यहि पोस्टको अन्त्यमा राखिएको छ । सो मध्ये आफुले चाहेको व्यक्तिलाई घण्टीवाहक उम्मेदवारका रुपमा छनौट गर्न सक्नु हुनेछ । भोटिङ अवधि नेपाली समय अनुसार शुक्रबार बेलुका ७ बजेदेखि शनिबार राती ११ः५९ सम्म हुनेछ ।’


प्रतिक्रिया दिनुहोस्