प्रदेश २ मा भोलि सार्वजनिक विदा

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ११ : ०३


जनकपुरधाम । प्रदेश नं २ सरकारले  भोलि (आइतबार) सार्वजनिक विदा दिएको छ। 

बलिदानी दिवस मनाउन माघ ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो।

२०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको ज्यान गएपछि शुरु भएको मधेश आन्दोलनको स्मृतिमा पछिल्लो दुई साल यता प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्