मुद्धा खारेज गर्ने निर्णय भएकोमा विप्लव समूहमा उत्साह

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ३ : १५


काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ३ बुँदे सहमति अनुसार मुद्धा खारेजीका लागि कानुन संशोधन गर्ने निर्णय भएकोप्रति खुशी व्यक्त गरेको छ।

पछिल्लो समय पार्टीका महासचिव विप्लव सहितका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि आक्रोशित बनेको विप्लव नेकपाले सरकारको पछिल्लो निर्णयलाई सकरात्मक रुपमा लिएको जनाएको छ।

नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति जारी गर्दै पछिल्लो निर्णयका लागि सरकारलाई धन्यवाद दिएका छन्।


प्रतिक्रिया दिनुहोस्