सत्य निरुपणमा भट्ट र वेपत्ता आयोगको अध्यक्षमा सुवेदीको नाम सिफारिस

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  १० : २८


काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा गणेश भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदीको नाम सिफारिस भएको छ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमा गठित सिफारिस समितिले शनिबार कानूननमन्त्री भानुभक्त ढकाललाई आयोगका पदाधिकारीहरुको नाम सिफारिस गरेको हो ।

यस्तै प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र अर्का एकको नाम सिफारिस भएको छ । यस्तै वेपत्ता छानविन आयोगको सदस्यहरुमा विष्णु भण्डारी, सुनिल रञ्जन सिंह, गांगा अधिकारी र सरिता थापा मगरको नाम सिफारिस भएको छ ।

नाम सिफारिससँगै मन्त्रिपरिषद् बैठकले नियुक्ति गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्