काठमाडौं । चुनावको मुखमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं चितवन जिल्ला सहइन्चार्ज यमबहादुर परियार इन्द्रजीत एमाले प्रवेश गरेका छन।
बिहीबार उनी एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष रामबहादुर थापा बादलको हातबाट टीका र खादा लगाएर एमाले प्रवेश गरेका हुन।
चुनावको मुखमा आफ्नो निर्वाचन क्षेत्रको कमाण्डर एमालेतिर लागेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाइ धक्का लागेको छ।
माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र माडीबाटै राजनीति गरेका परियारको एमाले प्रवेशलाई सो पार्टीका नेताहरुले ठूलो उपलब्धिका रुपमा व्याख्या गरेका छन् ।