स्वास्थ्य बीमा बोर्डले करारमा माग्यो कर्मचारी

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ११ : ३८


स्वास्थ्य बीमा बोर्डले करार सेवामा कर्मचारी माग गरेको छ।

बोर्डले आज भदौ ३० गते एक सुचना जारी गर्दै विभिन्न तहमा २७ जना कर्मचारीहरु माग गरेको हो।

बोर्डले विभिन्न तह तथा श्रेणीमा हेल्थ इकोनोमिक्स, मेडिकल अधिकृत, आइटी डेभलपर, चार्टर एकाउन्टेन्ट, नर्सिङ अधिकृत, फार्मेसी अधिकृत, ल्याब टेक्नोलोविस्ट, जनस्वास्थ्य अधिकृत, स्वास्थ्य शिक्षा अधिकृत, एकच्यूरियन अधिकृत र सूचना प्रविधि सहायक माग गरेको हो।


प्रतिक्रिया दिनुहोस्