श्रीमतीले गरिन श्रीमानकाे हत्या

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ९ : ०४


काठमाडाैं । अमेरिकाको दक्षिण क्यारोलिना शहरमा आफ्नै श्रीमतीले श्रीमानलाई विष दिएर हत्या गरेकी छिन् । उनले श्रीमानलाई आँखामा हाल्ने औषधि पानीमा हालेर तीन दिनसम्म पिउन दिएपछि उनको श्रीमानको मृत्यु भएको हो ।

जासुसका अनुसार ५३ वर्षीया लाना स्यू क्लेटनले आफ्नो श्रीमान स्टीवन क्लेटनलाई भिजाइन (आँखामा हाल्ने औषधि) मिलाएर पानी पिलाउने गरेको स्वीकार गरिन् । उनले २०१८ को जुलाईमा तीन दिनसम्म उक्त औषधि मिसाएर पानी पिलाएको र उनको मृत्यु भएको स्वीकार गरिन् ।

लानाले उनका श्रीमानले उनलाई अपशब्द बोल्ने गरेको र आफ्नो श्रीमानको हत्या गर्न नचाहेको पनि उनले बताएकी छिन् । अदालतमा लानाका वकिलले लाना सानै उमेरमै ग्राहकबाट उनी बलात्कृत भएकी थिइन् । त्यसपछि फेरि सैन्य अड्डामा पनि उनको बलात्कार भएपछि उनको मानसिक अवस्था ठीक नभएको र उनले अगस्ट २०१८ मा आत्महत्याको प्रयास पनि गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्