बाेल्न नसक्ने भएपछि काेदालाेले हानेर १० वर्षीया छाेरीको हत्या

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ८ : ५५


काठमाडाैं । कोदालोले हानेर बहिनीको हत्या गरी फरार भएका रूपन्देहीकाे मर्चवारी–६ का रामभवन बेल्दारलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ ।

बुबा रामपतले छाेरासँग मिलेर १० वर्षीया बाेल्न नसक्ने छाेरीको हत्या गरेका थिए । कोदालो प्रयोग गरी हत्या गरिएकाे थियाे । छोरी बाेल्न नसक्ने भएको भन्दै उनीहरुले २०६४ साल माघ ८ गते निर्मम हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हाे ।

हत्यापछि उनीहरुले नेपाल–भारत सीमाना नजिकै रहेको डण्डा नदीको किनारामा शव गाडेका थिए । बालिकाको हत्या भएको खबर प्रहरीले थाहा पाएलगत्तै माघ १३ गते गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।

हत्यापछि फरार बाबुछोरा भारतमा लुकिछिपि बस्दै आएका थिए । प्रहरीको विशेष शुराकिका आधारमा पक्राउ परेका रामभवनका बुबा रामपतको भने तीन वर्षअघि नै मृत्यु भइसकोको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्