गृहले सुरक्षा दिन नसकिने जनाएपछि नेपाल टी-२० लिग स्थगित

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १० : ११


नेपाल क्रिकेट संघ (क्यान) ले महत्वका साथ सुरु गर्न लागेको पहिलो नेपाल टी-२० फ्रेन्चाइज लिग स्थगित भएको छ।

आगामी ८ असोजदेखि ५ कात्तिकसम्मका लागि तय भएको प्रतियोगिता सुरक्षाका कारण स्थगित हुन पुगेको हो।

क्यानले गृह मन्त्रालयसँग क्रिकेट प्रतियोगिताको लागि क्रिकेट मैदान तथा खेलाडीबसोबास गर्ने होटलमा आवश्यक सुरक्षा व्यवस्थापन गर्न माग गर्दै पत्र लेखेको थियो। तर, निर्वाचनका कारण गृहले सुरक्षा दिन नसकिने बताएपछि लिग स्थगित भएको हो।


प्रतिक्रिया दिनुहोस्