दाङ । दाङको घोराहीमा मगर साँस्कृतिक भेषभुषा प्रतियोगिता सुरु भएको छ । मगर भाषा, साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्रीय समितिको आयोजनामा सुरु भएको कार्यक्रम नेपाल सरकारका उर्जामन्त्री बर्षमान पुन अनन्तले गरेका हुन् ।
प्रतिष्ठानका अध्यक्ष कीर्तिमान पुनको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जिल्लाका मगर समुदायले आआफ्ना भेषभुषा प्रदर्शनी गर्ने र उत्कृष्टलाई प्रतिष्ठानले पुरस्कृत गर्ने प्रतिष्ठानका महासचिव प्रकाश पुनले बताए ।