अनसन सुरु गरेका डा.केसी अस्पताल भर्ना

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ७ : २६


कैलाली । धनगढीबाट २० औं अनसन सुरु गरेको दोस्रो दिनमै डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ।

स्वास्थ्य क्षेत्रको अवस्था सुधारका अभियन्ता समेत कहलिएका केसी धनगढीस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बसेका थिए।

सत्याग्रहका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशीक अस्पतालको क्याविनमा भर्ना गरिएको हो।

डाक्टर केसीले विभिन्न ७ बुदेँ माग राखेर अनसन सुरु गरेका हुन।

 


प्रतिक्रिया दिनुहोस्