बूढा भैसके, टिकटका लागि अझै मरिहत्ते गर्या छन्: माधव नेपाल

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ६ : २५


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ गतेको चुनावका लागि टिकट व्यवस्थापन गर्न पार्टीभित्र गाह्रो भइरहेको बताएका छन्।

अध्यक्ष नेपालले निर्वाचनमा टिकट लिनका लागि चर्को दाबी गरिरहेको उल्लेख गर्दै त्यसको व्यवस्थापन गर्न पार्टीलाई समस्या भइरहेको बताएका हुन्।

बुधबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा बोल्दै उनले उठेर दुई कदम पनि हिँड्न नसक्ने बूढाहरूले समेत टिकटको आकांक्षा चर्को रूपमा राखेको बताए।

अध्यक्ष नेपालले ती आकांक्षीहरूमा टिकट नपाउने हो भने बेहोस् हुने हो कि भन्ने आफूलाई लागेको पनि बताए।


प्रतिक्रिया दिनुहोस्