खगेन्द्र थापाको निधनले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स दुःखी

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ७ : ३३


काठमाडौं । गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स ले विश्वका सबैभन्दा होचा व्यक्ति खगेन्द्र थापा मगरको निधनमा श्रद्धाञ्जलि व्यक्त गरेको छ।

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स खगेन्द्रको मृत्युको खबरले दुःखी भएको विज्ञप्तिमार्फत् जनाएको छ।

हिँड्‍डुल गर्न सक्ने विश्वका सबैभन्दा होचा व्यक्ति थापा मगरको २७ वर्षको उमेरमा शुक्रवार पोखरामा निधन भएको थियो । ।

बाग्लुङ जिल्लाका खगेन्द्र दुई फिट ४१ इञ्च अर्थात् ६७.०८ सेन्टिमिटरका थिए।

सन् २०१० मा १८ वर्षको उमेरमा उनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले विश्वका सबैभन्दा होचा व्यक्तिका रूपमा दर्ता गरेको थियो।

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले लेखेको छस् 'उनका साथीहरूका अनुसार उनी मुटुको समस्या, दम र निमोनियाबाट पीडित थिए।'

⁣⁣सन् २०१० मा खगेन्द्रलाई इटलीमा भेटेका गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सका प्रधान सम्पादक क्रेग ग्लेन्डेले भनेका छन्स् 'खगेन्द्र अब हामीसँग नरहेको भन्ने नेपालबाट खबर सुनेर हामी निकै दुःखी भएका छौँ।' ⁣

'उनको चम्किलो मुस्कानले उनलाई भेटेने जो कोहीको पनि मन पग्लिन्थ्यो।''धेरै होचा मानिसको अनुभवमा मात्र छ किलोको हुँदा जीवन चुनौतीपूर्ण हुन्छ र औसत व्यक्तिका लागि बनेको विश्वमा मिल्न गाह्रो हुन्छ।'


प्रतिक्रिया दिनुहोस्